स्वप्निल प्रचण्ड
युद्धकालीन हतियार जम्मै सरकारलाई दिएर रामराज्य बनाउने धोको नभएको कहाँ हो र प्रचण्डलाई ? तर, बैगुनी खोलाले बगायो हतियार । त्यसपछि शान्तिपूर्ण राजनीतिमा होमिएका उनका धेरै भए मतियार ।

युद्धकालीन हतियार जम्मै सरकारलाई दिएर रामराज्य बनाउने धोको नभएको कहाँ हो र प्रचण्डलाई ? तर, बैगुनी खोलाले बगायो हतियार । त्यसपछि शान्तिपूर्ण राजनीतिमा होमिएका उनका धेरै भए मतियार । तर, उनले कहिल्यै सन्तुष्टि पाएनन् । भर्खरै मात्र उनले दलित समुदायबाट राष्ट्रपति र प्रधानमन्त्री बनाउने आफ्नो रहर नराम्ररी निमोठिएको अनुभव गरे । राष्ट्रपति बन्न नपाई भित्ते राष्ट्रपति बन्न पुगेका उनले त्यसबेला झन् कस्तो अनुभव गरे होलान् ! राम, राम उनका यति धेरै सपना तुहिएका रहेछन् । तर, यहाँ काम नपाएकाहरु भने १७ हजार मृतात्माको सपनाको मूल्य खोजिरहेका छन् । उनीहरुलाई के थाहा, कमरेड प्रचण्डको सपनाको मूल्य कति हो ?