म्याद– छु मतलब ?
बेलाबखत बजारबाट म्याद नाघेका ओखती त जफत हुन्छन् क्यारे ! ओखती पसलमा तालासाला पनि लाग्छन् क्यारे ! तर, ठूलाबडालाई त म्याद नाघेकै ओखती चाहिँदो रहेछ ।

बेलाबखत बजारबाट म्याद नाघेका ओखती त जफत हुन्छन् क्यारे ! ओखती पसलमा तालासाला पनि लाग्छन् क्यारे ! तर, ठूलाबडालाई त म्याद नाघेकै ओखती चाहिँदो रहेछ । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनासाथ विद्यादेवी भण्डारीको रोजाइमै म्याद नाघेका गोपाल पराजुली परे । उनले न्यायपरिषद्ले प्रधानन्यायाधीशको जागिर सकिएको पत्र पठाइसकेका पराजुलीबाट शपथ लिन एक मिनेट ढिला गरिनन् ।
अर्को प्रधानन्यायाधीश आउने संकेत नपाएर हो या म्याद नाघेकै मान्छे मन परेर हो, उनले शुभ साइतमै शपथ लिने मौका गुमाइनन् । जागिर भर्खर त दुई वर्ष पुगेको छ, अब पाँच वर्ष पक्का भइसक्यो । शुभ कार्यमा किन विलम्ब गर्ने ? म्याद सकिएकासँग हाँसी–हाँसी शपथ लिने विद्यादेवीको साहसलाई कति सय तोपको सलामी पड्काउने हो प्रधानमन्त्रीज्यू ?