लाल कुमाल

लाल कुमालका लेखहरु
पड्किने बादल !

बहालवाला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ‘महान् जनयुद्ध’ कै ह्याङओभरमा छन् क्यारे ! कहिले भन्छन्– एयरपोर्ट तस्करको स्वर्ग हो, अपराधीको सेल्टर हो । कहिले फलाक्छन्– मुलुकमा माफियाको राज छ । अहिले भनेछन्– यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने षड्यन्त्र भइरहेको छ ।

फुट–बलबाट रक्षा गर !

रातभरि सुत्दैन सहर । गोल अनि चिच्याहट । जर्सी लगाएको छ, हूल बााधेको छ, नाराबाजी गरेको छ । चियापसल गयो, विश्वकप । स्कुल–कलेज गयो, विश्वकप । अफिसमा विश्वकप । बसमा विश्वकप ।

सियो बनिसक्यो ?

नेपालमा सियो पनि बन्दैन भन्ने थेगो थोत्रो भइसकेछ । उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवले यस्तो ‘एक्सक्लुसिभ’ खबर दिए संसद्मा । कमसेकम सियो त बनेछ । सियो बनाएर देखाएछ नेपालले । नयाँ नेपालका लागि गरेको सारा संघर्ष साँच्चै सार्थक भएछ ।

पारस ‘सरकार’को जयजयकार !

हिरोको खोजीमा भौँतारिइरहन्छन्, नेपाली । भनेजस्तो नभेटिए ‘भिलेन’लाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् । उदाहरण पूर्वयुवराज पारस शाह नै छँदैछन् ।

देउवा–समर्थक खोइ ?

जसरी फेसबुकमा ब्राजिल र अर्जेन्टिनाका अल्लारे समर्थक भेटिन्छन्, लाल कुमाल त्यस्तै डाइहार्ट फ्यान हो, शेरबहादुर देउवाको । भलै यसबारे देउवाजीलाई मट्ठै जानकारी छैन । किनभने, ऊ अर्जेन्टिना या ब्राजिलजस्तो देउवा–छाप गन्जी लगाएर फोटो टाास्ने फेसबुके होइन ।

सुधारिएको कम्युनिस्ट पार्टी

सााच्चै भनुा भने नेकपा ‘सुधारिएको कम्युनिस्ट पार्टी’ हो । किनभने, यसमा कुनै एबीसीडी–पुच्छर जोडिएको छैन । पुच्छर काटिएकाले नै आज शक्तिशाली र विशाल पार्टी बन्न सकेको हो ।

हाइपर–टेन्सन डेमा एकता

नयाा पार्टी बनाउने भनेर फुर्ति लगाउँथे, कमरेड प्रचण्ड र ओली । नेकपा नामधारी तेस्रो दल बनाएछन् । त्यस्ता दुइटा पार्टी पसल त चालू नै छन् ।

सरी शृंखला

प्रचण्ड (जंगेको शैलीमा) : के हो कमरेड ? त्यस्तो ट्वीट गरिदिने ? दुनो त तपाईंले पनि सोझ्याउनुभएको हो, मैले पनि सोझ्याएकै हो । तपाईंले मलाई भनेको कि आफैँलाई ?

साँचो बुझाउने कला

जनकपुरधामबाट धूमधाम खबर आयो– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई साँचो बुझाउने तयारी । राजर्षि जनकको पालाको धार्मिक एवं ऐतिहासिक सहरको विकासको जिम्मेवारी ढुक्कै मोदीजीलाई दिने मेयर लालकिशोर साहको आइडिया कमालकै हो ।

देउवालाई ५१ पाना

कांग्रेसका सात ‘युवा’ नेताले ५१ पाने प्रतिवेदन दिएछन् पार्टीको केन्द्रीय समिति बैठकमा । सभापति देउवालाई त्यत्रो ‘किताब’ पढ्ने फुर्सद कहाँ ? एक पाना त पढ्न नभ्याउनेलाई त्यति पढ्न कति वर्ष लाग्ला ? एकछिन् विचार गरम् ।

दृश्य विवाद/अदृश्य विवाद

वाम गठबन्धनका कार्यकर्तालाई ९ वैशाखमा एकताको ‘सुपर बम्पर’ उपहार परेन । तर, खुसीको बात के छ भने अबका दिनमा कमरेड प्रचण्ड वैशाखभित्रै पार्टी एकतामा गम्भीर हुनेवाला छन् ।

एकता कि अप्रिल फुल !

फेरि एक थान सुसमाचार आयो, सत्ता कित्ताका एमाले–माओवादीबीच ९ वैशाखमा एकता हुने । एकता हुने भयो भनेपछि दसैँअगाडि पनि दस बित्ता उफ्रिएकै हो ।

ओलीको नयाँ नारा

प्रधानमन्त्री केपी ओलीलाई नारा फलाक्न कसले सक्ने ? कम्युनिस्ट सरकारको नारा त साकारै पारिसके, अब बिकाउ नारा ल्याएछन्, ‘सिंगापुर होइन, नेपाल नै बनाउने ।’

६४ चाहियो

प्रधानमन्त्री केपी ओलीले तीन चौथाइ विश्वासको मत पाए संसद्मा । प्रदेश सरकारमा पनि उनले चाहेबमोजिमै भयो । तर, उनलाई पछिल्लो समय खेदको बात एउटै मात्र छ– शेरबहादुर देउवाको ६४ मन्त्रीको कीर्तिमान भंग गर्न नसक्नु ।

म्याद– छु मतलब ?

बेलाबखत बजारबाट म्याद नाघेका ओखती त जफत हुन्छन् क्यारे ! ओखती पसलमा तालासाला पनि लाग्छन् क्यारे ! तर, ठूलाबडालाई त म्याद नाघेकै ओखती चाहिँदो रहेछ ।

LOAD MORE