देउवा–समर्थक खोइ ?
जसरी फेसबुकमा ब्राजिल र अर्जेन्टिनाका अल्लारे समर्थक भेटिन्छन्, लाल कुमाल त्यस्तै डाइहार्ट फ्यान हो, शेरबहादुर देउवाको । भलै यसबारे देउवाजीलाई मट्ठै जानकारी छैन । किनभने, ऊ अर्जेन्टिना या ब्राजिलजस्तो देउवा–छाप गन्जी लगाएर फोटो टाास्ने फेसबुके होइन ।

देउवाले हालै ‘पार्टीका प्रतिपक्षी नेताहरु’साग गरेको दुखेसो अत्यन्त सामयिक छ। समृद्धिका नाममा सरकारले मूल्यवृद्धिमा छलाङ लगाइसक्यो । कांग्रेसजन भने सरकार प्रमुखमा केपी ओली नभएर देउवा नै भएजस्तो गरिरहेका छन् । मानौँ, वृद्ध भत्ता पााच हजार पुर्याउने वाचा गरेर धोका दिने पनि उनै हुन् । ए बाबा, यसपालि पार्टीले हारिहाल्यो, कमसेकम अर्को चुनावसम्म त सन्चोले सभापति खान देऊ । मलेसियामा ९२ वर्षे बूढाले सत्ता चलाइरहेका छन्, जम्मा ७४ वर्षेलाई त्यत्तिकै बूढा भनिदिने ? गाली खान ल्याएको हो र लोकतन्त्र ? प्लिज ! अब गालीसाली छाडिदिऊँ, घर–घरमा देउवाजीको पूजापाठ गरौँ । लोकतन्त्रको लाज पचाऔँ ।