६४ चाहियो
प्रधानमन्त्री केपी ओलीले तीन चौथाइ विश्वासको मत पाए संसद्मा । प्रदेश सरकारमा पनि उनले चाहेबमोजिमै भयो । तर, उनलाई पछिल्लो समय खेदको बात एउटै मात्र छ– शेरबहादुर देउवाको ६४ मन्त्रीको कीर्तिमान भंग गर्न नसक्नु ।

प्रधानमन्त्री केपी ओलीले तीन चौथाइ विश्वासको मत पाए संसद्मा । प्रदेश सरकारमा पनि उनले चाहेबमोजिमै भयो । तर, उनलाई पछिल्लो समय खेदको बात एउटै मात्र छ– शेरबहादुर देउवाको ६४ मन्त्रीको कीर्तिमान भंग गर्न नसक्नु । ओली नेतृत्वको प्रचण्ड बहुमतप्राप्त सरकारमा २२ जना मात्र मन्त्री छन् । त्योसँगै खेद छ– जोडिएका केही मन्त्रालय मात्र फुटाउन पाउनु । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउन नसक्नु । कम्तीमा उनीहरु आइदिएको भए त मन्त्रालय थप फुटाउन पाइन्थ्यो । ठूलो मन्त्रिपरिषद् बनाउन संविधानले भाँजो हाले त्यसलाई अर्को किस्तामा संशोधन गर्न पाइन्थ्यो । सरकार पनि अलि बृहताकारको हुन्थ्यो, धेरै मन्त्री भएको सरकारको प्रधानमन्त्री पनि हुन पाइन्थ्यो । जाबो यति गर्न पाइन्न भने तीन चौथाइको के अर्थ ? सर्वशक्तिमान प्रधानमन्त्री हुनुको सार्थकता त्यसमा छ, जतिबेला मन्त्रीमा देउवालाई टपेर गिनिज बुकमा नाम लेखाउन सकिन्छ । २२ मै त कसरी चित्त बुझाउने यार ?