फुट–बलबाट रक्षा गर !
रातभरि सुत्दैन सहर । गोल अनि चिच्याहट । जर्सी लगाएको छ, हूल बााधेको छ, नाराबाजी गरेको छ । चियापसल गयो, विश्वकप । स्कुल–कलेज गयो, विश्वकप । अफिसमा विश्वकप । बसमा विश्वकप ।

रातभरि सुत्दैन सहर । गोल अनि चिच्याहट । जर्सी लगाएको छ, हूल बााधेको छ, नाराबाजी गरेको छ । चियापसल गयो, विश्वकप । स्कुल–कलेज गयो, विश्वकप । अफिसमा विश्वकप । बसमा विश्वकप ।
मानौा, कामै विश्वकप हो ।
जर्सी–जर्सीको वार छ । एक समर्थकले अर्का समर्थकलाई देखिसहन्नन् । फेसबुकमा त युद्ध नै छेडिएको छ । टिमका कारण लोग्ने–स्वास्नीबीच नै शीतयुद्ध छ । दाजुभाइबीच हात हालाहाल हुन्छ । छिमेकी–छिमेकीबीच नै खिसिट्युरी छ ।
नामै फुटबल पर्यो । हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकताबद्ध गराएको मुलुक फुटबलकै नाममा फुट्ने अवस्था नआओस् । कम्तीमा एक साता देश नफुट्ने जिम्मा लिइदेऊ श्री पशुपतिनाथ !