परिहास
२६ चैत्र २०७४ सोमबार
काठमाडौं
एकता कि अप्रिल फुल !
फेरि एक थान सुसमाचार आयो, सत्ता कित्ताका एमाले–माओवादीबीच ९ वैशाखमा एकता हुने । एकता हुने भयो भनेपछि दसैँअगाडि पनि दस बित्ता उफ्रिएकै हो ।

फेरि एक थान सुसमाचार आयो, सत्ता कित्ताका एमाले–माओवादीबीच ९ वैशाखमा एकता हुने । एकता हुने भयो भनेपछि दसैँअगाडि पनि दस बित्ता उफ्रिएकै हो । तिहारअगाडि पनि तीन बित्ता उफ्रिएकै हो । प्रधानमन्त्री कमरेड केपी ओलीको भारत भ्रमणअघि पनि भरमार उफ्रिएकै हो । अब फेरि पनि उफ्रिएकै छ । तर, उडन्ते समाचारको भर लाग्न छाडिसक्यो । कोही अझै सूर्य र जनयुद्धको टुंगो लागेको छैन भन्छन्, कोही ७०–३० को हिसाब मिलेन भन्छन्, कोही समय र ठाउँको टुंगो लागेको छैन भन्छन् । के टुंगो लागेको छ भन्दाखेरि एकता हुने मात्रै । एकता हुने टुंगो त दसैँअगाडि नै लागेको होइन र भन्या ? कि महिनाभरि अप्रिल फुलको मजाक उडाइरहने हो केपी–पीके कामरेडहरु !