देउवालाई ५१ पाना
कांग्रेसका सात ‘युवा’ नेताले ५१ पाने प्रतिवेदन दिएछन् पार्टीको केन्द्रीय समिति बैठकमा । सभापति देउवालाई त्यत्रो ‘किताब’ पढ्ने फुर्सद कहाँ ? एक पाना त पढ्न नभ्याउनेलाई त्यति पढ्न कति वर्ष लाग्ला ? एकछिन् विचार गरम् ।

चुनाव सकिएको ६ महिनापछि बल्ल ‘समीक्षा’ चल्दैछ । पार्टीको पदाधिकारी–सूची भरे आउने, भोलि आउने भनेर मिडियामा चंगा उडाउने अनुमान–पण्डितहरुलाई कतिपटक चक्मा खुवाइसके । दुई महिनामा गर्छु भनेको काम दुई वर्षसम्म नगरेर सजिलै टारिदिए । अरुका लागि त्यो कछुवा–योग्यता हो, उनलाई अच्छा–क्षमता । अझ दुई वर्ष पदावधि छँदै ‘अर्ली महाधिवेशन’ जान फोकटिया सल्लाह दिएछन् युवा नेताहरुले । विधानमै बकाइदा व्यवस्था भएका काम त गर्दैनन् सभापति । उल्टै अवैधानिक काममा प्रेरित गर्नेहरुले देउवालाई जिस्काएका हुन् या जिल्लिएका हुन् ? कुरा बुझे त मरिजानू !