परिहास
१८ चैत्र २०७४ आइतबार
काठमाडौं
ओलीको नयाँ नारा
प्रधानमन्त्री केपी ओलीलाई नारा फलाक्न कसले सक्ने ? कम्युनिस्ट सरकारको नारा त साकारै पारिसके, अब बिकाउ नारा ल्याएछन्, ‘सिंगापुर होइन, नेपाल नै बनाउने ।’

प्रधानमन्त्री केपी ओलीलाई नारा फलाक्न कसले सक्ने ? कम्युनिस्ट सरकारको नारा त साकारै पारिसके, अब बिकाउ नारा ल्याएछन्, ‘सिंगापुर होइन, नेपाल नै बनाउने ।’ कमरेड ओलीको नयाँ नारा निकै रचनात्मक छ । हुन पनि स्वीट्जरल्यान्ड बनाउने नारा ओल्ड भर्सन भइसक्यो । सिंगापुर पनि त ओल्ड फेसन बनिसक्यो । त्यसैले नेपाललाई नेपाल नै बनाउने नारा समसामयिक छ । यो पनि सत्य हो कि ओली कमरेड नारा सच्याउन सिपालु छन् । सच्याउँदा–सच्याउँदा भोलि सिंगापुर र स्वीट्जरल्यान्डलाई नै नेपाल बनाइदिने उद्घोष त नगर्लान् ?