दृश्य विवाद/अदृश्य विवाद
वाम गठबन्धनका कार्यकर्तालाई ९ वैशाखमा एकताको ‘सुपर बम्पर’ उपहार परेन । तर, खुसीको बात के छ भने अबका दिनमा कमरेड प्रचण्ड वैशाखभित्रै पार्टी एकतामा गम्भीर हुनेवाला छन् ।
वाम गठबन्धनका कार्यकर्तालाई ९ वैशाखमा एकताको ‘सुपर बम्पर’ उपहार परेन । तर, खुसीको बात के छ भने अबका दिनमा कमरेड प्रचण्ड वैशाखभित्रै पार्टी एकतामा गम्भीर हुनेवाला छन् । कमरेड केपी ओली पनि अर्को किस्ताको वार्तामा बस्नेवाला छन् । माधवकुमार नेपाल कमरेडले त धम्की नै दिइसके– खबरदार ! नेताले टारे पनि कार्यकर्ता र जनता मिलेर एमाले र माओवादी केन्द्रबीच चामत्कारिक एकता गरिदिनेवाला छन् ।
माधव कमरेडको कुरामा के दम छ भने, नेताबीचको एकता बाध्यता मात्रै हो । चुनाव चिह्न, फिप्टी–फिप्टी, जनयुद्ध–धनयुद्ध आदि–इत्यादि त तपसिलका कुरा हुन् । एकतामा ‘दृश्य विवाद’ कम छन्, ‘अदृश्य विवाद’ प्रशस्त ।
कार्यकर्ता र जनतालाई पो दुई पार्टी मिले पुग्यो । एकमना सरकार बने पुग्यो । रेल र पानीजहाज आए पुग्यो । शीर्ष नेतालाई त यतिले मात्रै पुग्दैन । कमसेकम पार्टीको दस्तावेजमा आफ्नो प्रशस्ति लेखियोस्, पाँच–दस वर्ष पार्टी र सरकारको नेतृत्व सुनिश्चित होस् । त्यसका निम्ति नेताहरु व्यस्त छन्, कार्यकर्ता नेताले भाका सारेको सुन्न अभ्यस्त । तब न नेता, तब न कार्यकर्ता ।
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...