हाइपर–टेन्सन डेमा एकता
नयाा पार्टी बनाउने भनेर फुर्ति लगाउँथे, कमरेड प्रचण्ड र ओली । नेकपा नामधारी तेस्रो दल बनाएछन् । त्यस्ता दुइटा पार्टी पसल त चालू नै छन् ।

नयाा पार्टी बनाउने भनेर फुर्ति लगाउँथे, कमरेड प्रचण्ड र ओली । नेकपा नामधारी तेस्रो दल बनाएछन् । त्यस्ता दुइटा पार्टी पसल त चालू नै छन् । यसको असाधारण मौलिकता भनेकै ‘अन्डरलाइन’ अर्थात् तल्लो धर्के हुनु हो । निर्वाचन आयोगका कार्यकर्ताको अक्कलको जति सराहना गरे पनि पुग्दैन । परिहासको विषयचाहिा त्यो होइन । नेकपाको जन्मतिथि गजबकै छ, वल्र्ड हाइपर–टेन्सन डे । भलै नयाँ पार्टी घोषणाको साइत मदन–आश्रित स्मृति दिवस मात्रै भनियो ।
आखिर नयाा पार्टीरुपी जम्बो जेटका पाइलटद्वय प्रचण्ड र ओली कमरेडलाई हाइपर–टेन्सन डे नै छान्नुपर्ने कस्तो बाध्यता आइपर्यो ? चेयरम्यानद्वय हाइपर–टेन्सनका बिरामी भएको त जगजाहेरै छ । जनता जान्न चाहन्छन्– हाइपर–टेन्सनमै आएर पार्टी जन्माएको हो कि सुपर–हाइपरटेन्सन थप्ने सुरसार
हो ? अन्डरलाइन र हाइपरटेन्सनबीच कस्तो सुसम्बन्ध छ कुन्नि ?