पड्किने बादल !
बहालवाला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ‘महान् जनयुद्ध’ कै ह्याङओभरमा छन् क्यारे ! कहिले भन्छन्– एयरपोर्ट तस्करको स्वर्ग हो, अपराधीको सेल्टर हो । कहिले फलाक्छन्– मुलुकमा माफियाको राज छ । अहिले भनेछन्– यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने षड्यन्त्र भइरहेको छ ।

अरे बाबा ! गृहमन्त्रीको काम जनतामा डर, त्रास, भय, आतंक र हल्ला थोपरेर शासन गर्ने हो कि शान्ति, सुरक्षा, अमनचैनप्रति आश्वस्त पार्ने ? तस्करको स्वर्ग हो भने तिनलाई ठेगान लगाउने जिम्मा कसको हो ?
भगवान् पशुपतिनाथको ! माफियाको राज छ भने त्यसलाई हटाउने कसले हो ? असुरी सेनाले ! यातायात क्षेत्रको सिन्डिकेट फर्काउने षड्यन्त्र भइरहेकै हो भने गृह मन्त्रालय रमिते मात्र हो ? कृपया गृहमन्त्रीज्यू, पड्किने काम छाडिदिनूस् । बकबक धेरै सुनिसकियो ।