परिहास
१२ असार २०७५ मंगलबार
काठमाडौं
पारस ‘सरकार’को जयजयकार !
हिरोको खोजीमा भौँतारिइरहन्छन्, नेपाली । भनेजस्तो नभेटिए ‘भिलेन’लाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् । उदाहरण पूर्वयुवराज पारस शाह नै छँदैछन् ।

हिरोको खोजीमा भौँतारिइरहन्छन्, नेपाली । भनेजस्तो नभेटिए ‘भिलेन’लाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् । उदाहरण पूर्वयुवराज पारस शाह नै छँदैछन् । यी भूपू ‘श्री ५’ काठमाडौँमा ट्राफिक प्रहरीबाट रु. पाँच सयको चिट काटिएर ‘चर्चा’मा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभ–स्वागत– सत्कार पाइसकेछन् । पुरानो राजधानीमा ‘पारस सरकार’को फूलमाला, पन्चेबाजा, मोटरसाइकल र्यालीसहित धुमधाम जयजयकार भएछ । अनलाइन पोर्टलले त फोटोफिचर नै गरे । ‘पारस सरकार’ नै लगातार सुपर हिट समाचार हुने भएपछि गतिलो कामै किन गर्नुपर्यो !