सियो बनिसक्यो ?
नेपालमा सियो पनि बन्दैन भन्ने थेगो थोत्रो भइसकेछ । उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवले यस्तो ‘एक्सक्लुसिभ’ खबर दिए संसद्मा । कमसेकम सियो त बनेछ । सियो बनाएर देखाएछ नेपालले । नयाँ नेपालका लागि गरेको सारा संघर्ष साँच्चै सार्थक भएछ ।

ठीकै छ मन्त्रीज्यू † नेताको कुरा हम्मेसि पत्याउने चलन छैन । कम्तीमा सियो कहाँ बन्यो ? मातृका यादव एन्ड कम्पनीमा कहिलेदेखि बन्न थालेको हो सियो ? यो खबर अहिलेसम्म किन लुकाएर राख्ने दुस्साहस गर्नुभो ? त्यो सम्पूर्ण जानकारी दिनुपर्यो संसद्लाई । तब मात्र थेगो बदलिएला– सियो अहिले नेपालमै बन्छ ।