मान्छे कि रोबोट ?
काठमाडौँमा सोफिया रोबोट उत्रिएपछि उत्साह, उत्सुकता, रोमाञ्चका साथै भविष्यको चिन्ता छाउन थाल्यो । रोबोटले मान्छेले जस्तै, अझ मान्छेले भन्दा धेरै काम गर्ने, मान्छेले जस्तै बोल्ने भयो ।
काठमाडौँमा सोफिया रोबोट उत्रिएपछि उत्साह, उत्सुकता, रोमाञ्चका साथै भविष्यको चिन्ता छाउन थाल्यो । रोबोटले मान्छेले जस्तै, अझ मान्छेले भन्दा धेरै काम गर्ने, मान्छेले जस्तै बोल्ने भयो । मान्छे र मेसिनमा कुनै अन्तर रहेन आदि इत्यादि । कुरो यसो होइन, रोबोट र मान्छेमा भिन्नता पनि छन् । सोफिया रोबोटले सक्रिय भएर काम गर्न त हाइस्पिड इन्टरनेट पो चाहिने रहेछ । नभए त उनी जीवनहीन मेसिनबाहेक केही होइनन् । सक्कली मान्छेलाई सक्रिय हुन इन्टरनेट चाहिन्न क्यारे ! वाइफाई मात्र नहोस् न, मान्छेले चिया–खाजाको स्वाद पनि रमाइलोसँग चाख्न सक्छ, शौच गर्दा पनि आनन्द मान्न सक्छ । अरु मान्छेसँग भलाकुसारी गर्न सक्छ । दिएको काम गर्न सक्छ, दिएको माम खान सक्छ । बस्, जैविक मान्छेलाई वाइफाइबाट जोगाउनुपर्छ । मोबाइल र इन्टरनेटको भाइरसले भेट्यो भने बरु निष्क्रिय हुन्छ । यसमा भने विचार गर्नुपर्छ है !
25.87°C












