परिहास
१८ वैशाख २०७५ मंगलबार
काठमाडौं
मोदीको गोजीमा के छ ?
पहिले नरेन्द्र मोदीले नेपाल टेक्ने समाचारबाट नेपालीमा रोमाञ्चको लहर चलेको थियो । मोदी अहिले फेरि आउने समाचारले सुरक्षा प्रणाली सक्रिय भएको छ रे ! ठीकै गरेछ ।

पहिले नरेन्द्र मोदीले नेपाल टेक्ने समाचारबाट नेपालीमा रोमाञ्चको लहर चलेको थियो । मोदी अहिले फेरि आउने समाचारले सुरक्षा प्रणाली सक्रिय भएको छ रे ! ठीकै गरेछ । पहिले आउँदा मोदीले गोजीभरि ललीपप बाँडेका थिए । मीठो मुस्कान ल्याएका थिए । नेपाली लबज मिलाएर भाषण पढेका थिए र नेतालगायत हामीलाई मोहित पारेका थिए । अनि, बदलामा के–के लगेका थिए के–के ! केही महिनापछि नाकाबन्दीको चिर्पटले हाम्रो ढाड सेकेका थिए । हो, अहिले आउँदा यस्तै घातक ललीपप ल्याउन सक्छन् । अब सुरक्षाकर्मीले गल्ली–गल्लीमा बटुवालाई दु:ख दिनुभन्दा बरु मोदीजीकै गोजी छाम्ने पो हो कि ?