‘मोस्ट वान्टेड’ अदृश्य शक्ति
नेपालका दुई वामपन्थी दल एकीकृत हुने खबरलाई शक्तिराष्ट्रहरुले दिव्यज्ञानका रुपमा लिएछन् । अमेरिकाजस्तो सर्वशक्तिमान् राष्ट्रलाई समेत आच्छुआच्छु पार्ने उत्तर कोरियाको आणविक हतियारले संसार नै ध्वस्त पार्ने त होइन भनेर पृथ्वीबासी त्राहित्राहि थिए ।

नेपालका दुई वामपन्थी दल एकीकृत हुने खबरलाई शक्तिराष्ट्रहरुले दिव्यज्ञानका रुपमा लिएछन् । अमेरिकाजस्तो सर्वशक्तिमान् राष्ट्रलाई समेत आच्छुआच्छु पार्ने उत्तर कोरियाको आणविक हतियारले संसार नै ध्वस्त पार्ने त होइन भनेर पृथ्वीबासी त्राहित्राहि थिए । सो देशका सन्की प्रमुखको मनलाई समेत नेपालको सो खबरले सत्मार्गमा डोर्याएछ । हेर्नूस् त, उत्तर र दक्षिण कोरियाका प्रमुखहरुले हात मिलाएको, अँगालो हालेको, सँगै भोज खाएको दृश्य संसारले चमत्कारै मानेर हेर्यो ।
नेपालको वाम एकता प्रक्रियाले प्रभावित भएरै होला, शत्रुजस्ता दुई देश चीन र भारतको सम्बन्धले पनि नयाँ मोड लिएछ । दुई देशको प्रमुखहरुको हस्तमिलनले पनि सञ्चार क्षेत्रमा हल्लीखल्ली भयो । तर, जुन कुराको प्रभावले यस्ता सकारात्मक कदम भए, त्यही कुराको नै टुंगो नलागेर पो अचम्म ! नेपालको वाम एकतालाई भत्काउन कुनै अदृश्य शक्ति पो सक्रिय भएको रहेछ । हैन, यो कस्तो मोस्ट वान्टेड अदृश्य शक्ति होला ? बुझ्न सकिएन हन्मानजी ।