परिहास
२६ वैशाख २०७५ बुधबार
काठमाडौं
खेलौना रेलको चिन्ता ?
कांग्रेस नेता प्रदीप गिरीले एक कार्यक्रममा उद्घोष गरेछन्– नेपालमा रेल आउन सक्दैन । आए पनि खेलौना–रेल मात्र आउनेछ ।

कांग्रेस नेता प्रदीप गिरीले एक कार्यक्रममा उद्घोष गरेछन्– नेपालमा रेल आउन सक्दैन । आए पनि खेलौना–रेल मात्र आउनेछ । माक्र्सवादका घागडान अध्येता गिरीलाई राम्ररी थाहा छ, समाजवाद–साम्यवाद पनि रातारात आउने होइन । रेलको कथा पनि समाजवादजस्तै त होला । रेल थोडी तपाईंका लागि ल्याउन लागेको हो र ? बाजेको पुस्ताले त्यो रेलको सपना मात्र देखेको हो । बाबुको पुस्ताले खेलौना–रेलको स्वाद लिन परेन भन्या ? नाति पुस्ताले सम्भाव्यता अध्ययन गर्नेछ । रेल त पनाति पुस्ताले पो चढ्ने हो गिरीजी !