परिहास
२ जेष्ठ २०७५ बुधबार
काठमाडौं
दाल गल्यो कमरेड
उहिले–उहिले प्रचण्डको रापताप थियो । उनलाई कुनै माइकालालले गलाउन सक्दैनथ्यो । बिस्तारै संसदीय चक्काले पेल्न थालेपछि उनी पुष्प–कमल भए ।

उहिले–उहिले प्रचण्डको रापताप थियो । उनलाई कुनै माइकालालले गलाउन सक्दैनथ्यो । बिस्तारै संसदीय चक्काले पेल्न थालेपछि उनी पुष्प–कमल भए । अस्तिसम्म दाहालको हाउगुजी बााकी थियो । हाउगुजीपूर्ण ‘हा’ बिलाएपछि अब उनी ‘दाल’ मात्र बचेका छन् । लाग्छ, उनी प्रेसर कुकरमा गलाउन राखिएको दाल हुन् । उखान–अग्निको सिलिन्डर बोकेका ओलीले ताप दिन्छन् । एक सिट्ठी, माधव नेपाल । दोस्रो, ईश्वर पोखरेल, तेस्रो, भीम रावल । र, तीन–चार सिट्ठीमा दाल गलिहाल्छ । यसरी लयालु दालले संसदीय–भान्छा मीठो हुादैछ । आखिर, समाजवादी परिकार पकाउनु जो छ ।