परिहास
३ जेष्ठ २०७५ बिहीबार
काठमाडौं
घाँस–दाउरामा सिन्डीकेट !
मन्त्रीहरु सिन्डीकेटको बेलिविस्तार लगाउनमै व्यस्त छन् । यातायातमा सिन्डीकेट हटाएको भोलिपल्टै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सयदिने योजना सार्वजनिक गरिदिए, वन क्षेत्रको सिन्डीकेट पनि तोडिनेछ ।

मन्त्रीहरु सिन्डीकेटको बेलिविस्तार लगाउनमै व्यस्त छन् । यातायातमा सिन्डीकेट हटाएको भोलिपल्टै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सयदिने योजना सार्वजनिक गरिदिए, वन क्षेत्रको सिन्डीकेट पनि तोडिनेछ । वनमन्त्री बस्नेतको वनमाथिको सिन्डीकेट तोड्ने घोषणा गज्जब छ, अब एक जना मात्र वन–जंगलमा घाँस–दाउरा लिन जान पाइने छैन । वन–जंगलमा लाइन लागेर घाँस–दाउरा लिन जानुपर्नेछ । किनभने, सिन्डीकेट भएको भए एक्लै ल्याउनुपथ्र्यो । यस्तो घोषणाले त सरकार संरक्षित वन सखाप हुँदैन वनमन्त्रीज्यू !