दोषी जुत्ता !
मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भौतिक आक्रमणमा उत्रने व्यक्तिलाई प्रहरीले खोजेको एक महिना भइसक्यो । तर, व्यक्ति फरार रहे पनि प्रहरीले फरार व्यक्तिको जुत्ता बरामद गरेर शान्ति–सुरक्षामा क्रियाशील रहेको देखायो ।

मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भौतिक आक्रमणमा उत्रने व्यक्तिलाई प्रहरीले खोजेको एक महिना भइसक्यो । तर, व्यक्ति फरार रहे पनि प्रहरीले फरार व्यक्तिको जुत्ता बरामद गरेर शान्ति–सुरक्षामा क्रियाशील रहेको देखायो । प्रहरीको यस्तो महान् कार्यपछि पत्रकार सम्मेलन गरेरै गृहमन्त्रीलाई च्यालेन्ज गर्ने एमाले भक्तपुरलाई पनि हाइसञ्चो भएको हुनुपर्छ । प्रमुख श्रेष्ठको घरको सीसीटीभी फुटेज हेरेरै प्रहरीले जुत्ता नै बरामद गर्यो नि ! डीएसपीसाहेबको दाबी छ, मोबाइलका दर्जनौँ सीम र स्थान परिवर्तन गर्दा नियन्त्रणमा लिन कठिन भइदियो । तर, पनि जुत्ता बरामद गर्न सक्नु चानचुने सफलता होइन । किनभने, आक्रमणकारीसँग बन्दुक थिएन । अब आक्रमणकारी जुत्ता खोज्दै आए भने प्रहरीको भेट पक्कै होला ।