परिहास

सत्तामा ढुंगा नहानौँ

३ जेठ आउनासाथ एमालेजनको एउटा जबर्जस्त माग आउँथ्यो दुई दशकयता, मदन भण्डारीको हत्यारा पत्ता लगाऊ । दासढुंगा काण्डका दोषीलाई कारबाही गर । आदि–इत्यादि । यस वर्ष त्यस्तो आवाज उठेन । उठेको सुनिएन । दासढुंगा–काण्ड यस्तो मुद्दा भइदियो, एमाले प्रतिपक्षमा हुँदा अनुसन्धानको माग चर्कने, सत्तामा हुँदा चुपचाप बस्ने ।

सत्तामा ढुंगा नहानौँ
१० जेष्ठ २०७५ बिहीबार
काठमाडौं