सत्तामा ढुंगा नहानौँ
३ जेठ आउनासाथ एमालेजनको एउटा जबर्जस्त माग आउँथ्यो दुई दशकयता, मदन भण्डारीको हत्यारा पत्ता लगाऊ । दासढुंगा काण्डका दोषीलाई कारबाही गर । आदि–इत्यादि । यस वर्ष त्यस्तो आवाज उठेन ।

३ जेठ आउनासाथ एमालेजनको एउटा जबर्जस्त माग आउँथ्यो दुई दशकयता, मदन भण्डारीको हत्यारा पत्ता लगाऊ । दासढुंगा काण्डका दोषीलाई कारबाही गर । आदि–इत्यादि । यस वर्ष त्यस्तो आवाज उठेन । उठेको सुनिएन । दासढुंगा–काण्ड यस्तो मुद्दा भइदियो, एमाले प्रतिपक्षमा हुँदा अनुसन्धानको माग चर्कने, सत्तामा हुँदा चुपचाप बस्ने ।
हुन त, सरकारको काम ‘उहिलेका कुरा खुइलेर गए’को फाइल पल्टाउनु होइन । हिजो ‘जबज’को रक्षार्थ पनि मदन भण्डारी नाम जप्नु उचित थियो । अब पार्टी जबजभन्दा ‘माथि’ उठिसक्यो । यस्ता जिपसिप कति गुल्टिए, गुल्टिए । मदनको लेखान्त त्यस्तै थियो, सक्कियो । अब सरकारलाई गुनासो गरेर हुन्छ ? हैट्, हामी जनता !