हात होइन, दाात चलाऊ
राष्ट्रपतिले संसद्–सम्बोधनमा ‘सम्माननीय सभामुख’ र ‘अध्यक्ष महोदय’को सट्टा अन्यथा उच्चारण गरेकामा कांग्रेस नेता मिनेन्द्र रिजाललाई असह्य भएछ । लोकतन्त्रको चीरहरण भयो भने के गर्ने ? प्रधानमन्त्री केपी ओलीले उनलाई च्यालेन्ज गरेछन्, ‘९ गते जिब्रोमा धार लाएर आउनुहोला ।’

कुरो बुझ्दा कमरेड पीएमको बोली चिप्लिएछ । भन्न खोजेका रहेछन्– ‘१५ गते दाँतमा धार लाएर
आउनू !’ सम्पूर्ण कमरेडलाई थाहा छ, संसद्मा बजेट–सुटकेस तोडफोड भएपछि अघोषित उर्दी छ– ‘सुटकेसमा हात लाउन नपाई ।’ हात पो लाउन नपाइने हो गाँठे ! दाँतले तानातान गर्न त पक्कै पाइन्छ । प्रतिपक्ष सुतेर पनि कहीँ लोकतन्त्र बलियो हुन्छ ? हात नभए पनि कम्तीमा दाात मजबुत पार्नोस्, माननीय मिनेन्द्र रिजाल !