परिहास
२१ जेष्ठ २०७५ सोमबार
काठमाडौं
नयाँ बेहुली कस्ती ?
संविधानमा तय गरिएकै साइतमा बजेटको घुम्टो खोलियो । मानौँ– बेहुली हो बजेट । बेहुलीको अनुहार हेरेपछि चौतर्फी चर्चा चल्यो ।

संविधानमा तय गरिएकै साइतमा बजेटको घुम्टो खोलियो । मानौँ– बेहुली हो बजेट । बेहुलीको अनुहार हेरेपछि चौतर्फी चर्चा चल्यो । र, पूर्वअर्थमन्त्री बाबुराम भट्टराईले ट्वीटमा टुच्च दिइहाले– ‘समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको आवश्यकता थियो । तर, बजेट सुन्दै जाँदा माछा–माछा भ्यागुतोजस्तो अनुभूति भयो ।’ डाक्टरसाप पनि बेलाबेला हँसाउनुहुन्छ । छलाङ मार्ने त खुट्टाहीन जलचरभन्दा खुट्टाधारी उभयचरले नै होइन र भन्या ?