परिहास
२४ जेष्ठ २०७५ बिहीबार
काठमाडौं
कर्मचारीविरोधी एप
ओली सरकारलाई अनेक आइडिया फुर्छन् । अब ‘नागरिक अधिकार मोबाइल एप’ चलाउने रे ! उसै पनि सरकारी अड्डामा फास्ट ट्रयाकमा काम हुन्छ ।

ओली सरकारलाई अनेक आइडिया फुर्छन् । अब ‘नागरिक अधिकार मोबाइल एप’ चलाउने रे ! उसै पनि सरकारी अड्डामा फास्ट ट्रयाकमा काम हुन्छ । त्यसका लागि कि जीहजुरी गर्नुपर्यो कि ‘शुभलाभ’को बिटो थमाउनुपर्यो । एपले जीहजुरी र शुभलाभबिनै सेकेन्डमा छुमन्तर गरिदियो भने बरा कर्मचारीले के खान्छन् ? जनतालाई कसरी खुसी पार्छन् ? डर पो लाग्न थाल्यो त ! यस्तो कर्मचारीविरोधी एपलाई गर्भमै तुहाइदिऊँ । कर्मचारी हकहितको रक्षा गरौँ । जय नेपाल !