परिहास
२८ जेष्ठ २०७५ सोमबार
काठमाडौं
फसादमा सांसद
पार्टी एकताअघि प्रचण्डले पुल भत्काएर आएको कुरा गर्जेरै बोले । प्रधानमन्त्रीले पनि भर्खरै सगर्व फेरि दोहर्याए– ‘नेपाललाई तुइनमुक्त बनाउँछु ।’

पार्टी एकताअघि प्रचण्डले पुल भत्काएर आएको कुरा गर्जेरै बोले । प्रधानमन्त्रीले पनि भर्खरै सगर्व फेरि दोहर्याए– ‘नेपाललाई तुइनमुक्त बनाउँछु ।’
अब सांसदहरुलाई ठूलो पीर पर्ने भो नि ! नाइँ–नाइँ भन्दाभन्दै अर्थमन्त्रीले चार करोड रूपियाँको भकारी बोकाइदिए, निर्वाचन क्षेत्र विकास कोषको नाममा । जनताका लागि आएको बजेट हाम्रा नेताहरुले आजसम्म पचाएको इतिहास छैन । यो बर्खामासमा गाउँ जानलाई पुल र तुइनको सहारा चुँडिने भइहाल्यो । रातारात रेल आइपुग्दैन पक्कै । जनताको नासो कसरी जोगाउने ? हाम्रा नेताहरुलाई क्या फसाद !