प्रचण्ड–बादल बातचित
प्रचण्ड: मैले तपाईंलाई जति माया गरे पनि तपाईंलाई कुर्सी नफाप्दो रैछ कमरेड ।बादल : अनि, कमरेड, यो कुरा रेड बुकमै लेखिएको छ कि तपाईंको निजी जोखना हो ?
प्रचण्ड: मैले तपाईंलाई जति माया गरे पनि तपाईंलाई कुर्सी नफाप्दो रैछ कमरेड ।
बादल : अनि, कमरेड, यो कुरा रेड बुकमै लेखिएको छ कि तपाईंको निजी जोखना हो ?
प्रचण्ड : पहिले पनि आर्मी चिफलाई चलाउनु भो र आफूसहित मलाई डुबाउनु भो । यसपालि
पनि तपाईं मेरो घरबेटीलाई छुने कसरतमा हुनुहुन्छ ।
बादल : कुर्सी दाउमै राख्ने हो म त फेरि । सिन्डिकेट फुटाउने अभियानमा छु । ठगदार टाइपका ठेकेदार छोडिन्न, चाहे त्यो तपाईंकै घरबेटी किन नहोस् ।
प्रचण्ड : अनि, घरबेटीले मेरो बिजुली–पानी काटिदिए
भने ? घर निकाला गरिदिए
भने ? यहाँ डेरा पाउन कम गाह्रो
छ ! सडकमा पुग्छु म त
कमरेड ! उनैले भत्काएर छाडेको सडकका धूलोधुवाँ कसरी सहनु
मैले ? केही उपाय खोज्नुपर्यो ।
बादल : सजिलो उपाय छ– म राजीनामा दिन्छु । र, तपाईं गृहमन्त्रीको सपथ खाँदै क्वार्टरमा सर्नूस् ।
(त्यसपछिको सन्नाटा र स्तब्धता दुवै कमरेडका लागि अप्रीतिकर रह्यो ।)
सम्बन्धित
अहिले संसद्मा भाषण ठोक्ने नेताहरुको कुरा सुन्नुस्, त्यो कुनै गँजडीको गफभन्दा फरक लाग्दै...
गँजडी संसद्मा गाँजा विधेयक
अलिकता हतार गरेकाले कुरा बिग्रेको हो किनभने पैसा भनेको त मेसिन ल्याएपछि छाप्ने हो । तर उन...
मेसिन ल्याउनुअघि नै पैसा छाप्न थालेपछि...
देशमा रेल चलेन, कोही बात छैन । पानीजहाज पनि चलेन, कोही बात छैन । घरघरमा पाइपको ग्यास पनि च...
सरकार त चलिरहेको छ नि, सानो उपलब्धि हो यो ?
एमसीसीमार्फत नेपाललाई जुन अनुदान आउनेवाला हो, त्यो नेपालले सहजपूर्वक ग्रहण गरेर अमेरिकालाई...
अमेरिकालाई सहयोग गर्नुपर्ने बेला !
पार्टीभित्र अब गुटबाजी गर्न पाइँदैन भन्ने निर्णय जो छ, त्यो सबै गुट मिलेर गरेको सामूहिक न...
गुटहरूको अन्त्य
सरकारको अधिनायकवाद त फैलिादै गएर अहिले देउवासम्मै पुगिसकेको रहेछ । सरकारले ल्याएको एजेन्डा...