भो, डिस्टर्ब नगरौँ
कम्युनिस्ट सरकार ‘समृद्धि’को विश्वकप उचाल्ने ध्याउन्नमा छ । बोलेर मात्र कप हात पार्न सकिन्न । मैदानमै उत्रिन पर्यो, ह्याट्रिक गर्नैपर्यो । वामपन्थीहरुले झुक्याएर हानेको पहिलो गोल हो– पेट्रोलियम पदार्थमा मूल्यवृद्धि ।

कम्युनिस्ट सरकार ‘समृद्धि’को विश्वकप उचाल्ने ध्याउन्नमा छ । बोलेर मात्र कप हात पार्न सकिन्न । मैदानमै उत्रिन पर्यो, ह्याट्रिक गर्नैपर्यो । वामपन्थीहरुले झुक्याएर हानेको पहिलो गोल हो– पेट्रोलियम पदार्थमा मूल्यवृद्धि । सरकार जान्न चाहन्छ कि जनता समृद्ध छ कि छैन ? महँगोमा पेट्रोल किनेर पनि जनताले बाइक–गाडी चढ्छन् भने मान्नुस्– हात–हातमा समृद्धि आयो । जति महँगो भए पनि खाद्यान्न किन्न सक्छन् भने सोच्नुस्– समृद्धि थाल–थालमा आयो । सरकारको लक्ष्य दोहोरो अंकको मूल्यवृद्धि गर्नु हो । यो महाअभियानमा हातेमालो गर्न छाडेर नेविसंघका विद्यार्थीले मूल्यवृद्धिविरुद्ध सडक संघर्ष थालेछन् । नेविसंघलाई विनम्र अनुरोध छ– यो महाअभियानमा डिस्टर्ब नगरौँ । वामपन्थी विद्यार्थी संगठनबाट केही सिकौँ ।