परिहास
१८ असार २०७५ सोमबार
काठमाडौं
जनवादी नतिजा
मन्त्री हुनु त, गिरिराजमणि पोखरेलजस्तो । अरु मन्त्रीहरु आमूल परिवर्तनको गफ मात्र चुट्छन् । शिक्षामन्त्री पोखरेलले रातारात नतिजै उलटपुलट पार्न भ्याइसके ।

मन्त्री हुनु त, गिरिराजमणि पोखरेलजस्तो । अरु मन्त्रीहरु आमूल परिवर्तनको गफ मात्र चुट्छन् । शिक्षामन्त्री पोखरेलले रातारात नतिजै उलटपुलट पार्न भ्याइसके । त्यो पनि अरु हो र, फलामे ढोका एसईईको । एक दिनअघि ४ जीपीए ल्याउने २४ थिए, अर्को दिन ७२ पुर्याइदिए । एकै रातमा अंक हेरफेर गर्न सक्ने परीक्षा बोर्डका कर्मचारी कम्ता मिहिनेती हैनन् । कापी झन् कति हेरफेर गरे होलान् ? एकै रातमा नौ हजारको शैक्षिक गुणस्तर सुधार्ने यो हो नि जनवादी शिक्षाको काइदा ।