कांग्रेसलाई अवसर
कांग्रेस नेता शेरबहादुर देउवालाई बाल्यकालदेखि चिन्ता थियो कि कम्युनिस्ट तानाशाह आएपछि जनताले रुनसमेत पाउँदैनन् । जनताको आँसु–हाँसोको जिम्मा लिएका जिम्मेवार नेताको भयलाई धेरै राष्ट्रवादीले गैरजिम्मेवार ठहर्याए र हाँसोमा उडाइदिए ।

कांग्रेस नेता शेरबहादुर देउवालाई बाल्यकालदेखि चिन्ता थियो कि कम्युनिस्ट तानाशाह आएपछि जनताले रुनसमेत पाउँदैनन् । जनताको आँसु–हाँसोको जिम्मा लिएका जिम्मेवार नेताको भयलाई धेरै राष्ट्रवादीले गैरजिम्मेवार ठहर्याए र हाँसोमा उडाइदिए । कांग्रेसले अर्को चिन्ता पनि जताएको छ– प्रधानमन्त्रीका रुपमा उपस्थित केपी ओली श्रीपेच नलगाए पनि एकाएक महाराजको अवतारमा उत्रिए ।
प्रिय, कांग्रेसजन ! नयाँ राजालाई अझै निरंकुश र प्रतिगमनकारी हुन दिनोस् । पार्टीको अन्तरकलहको च्यापमा परेर शक्तिशाली प्रतिपक्षको भूमिकामा उत्रिएनन् भन्ने आरोपबाट बच्नुस् । प्रतिगमनविरुद्ध सडक र सदन अवरुद्ध गर्नोस् र कांग्रेस कोमामा नगएको प्रमाणित गर्नोस् । अनि, प्रतिगमन आधा सच्चियो भनी सरकारमा छिर्नुस् । के यो सुनौलो अवसर होइन र ?