परिहास
२१ असार २०७५ बिहीबार
काठमाडौं
असारे महालूट
असारे चटारोमा छन्, सरकारी कर्मचारी र ठेकेदार । १२ महिनाको काम एकाध दिनमै सकाउने काइदाले साँच्चिकै नयाँ नेपाल निर्माण हुन लागेको हो कि भन्ने भान हुन्छ ।

असारे चटारोमा छन्, सरकारी कर्मचारी र ठेकेदार । १२ महिनाको काम एकाध दिनमै सकाउने काइदाले साँच्चिकै नयाँ नेपाल निर्माण हुन लागेको हो कि भन्ने भान हुन्छ । गत वर्षको साउन–भदौको दुई महिनामा ४ अर्ब २७ करोड खर्च भएछ भने साउन–भदौको भन्दा बढी यो वर्षको असारको पहिलो साताको तीन दिनमै ४ अर्ब ३७ करोड रुपियाँ खर्च भएछ । सक्दो असारे महालूट मच्चाउनोस् महोदय ! गणतन्त्रको मजा पैसाको खोलो बगाउनुमै छ ।