परिहास
२९ असार २०७५ शुक्रबार
काठमाडौं
सुन खै सुन !
सहरमा अझै पनि उही ३३ केजी सुनको चर्चा छ । अनि, चर्चा छ, त्यसका सेलिब्रिटी (खल) नायक गोरेको । प्रहरीले पक्राउ नगर्ला भनेर उनलाई कम्ता चिन्ता !

सहरमा अझै पनि उही ३३ केजी सुनको चर्चा छ । अनि, चर्चा छ, त्यसका सेलिब्रिटी (खल) नायक गोरेको । प्रहरीले पक्राउ नगर्ला भनेर उनलाई कम्ता चिन्ता ! पक्राउ गरेर ज्यान जोगाई पाउँm भन्ने भावको बिन्तीपत्र लेखेरै उनी सम्पर्कमा आए । न सुन भेटियो, न त कुरो । सुन खोज्न गड्याङगुडुङ गरेका गृहमन्त्री बादल पानी नपारेरै फाटेजस्तो छ ।
उहिले माओवादीलाई खै हतियार भनेर सोध्दा, खोलाले बगायो भन्थे । साँच्चै,
गोरेले त्यस्तो के बयान दिए होलान् ?
खै सुन ? ‘नाक–कानमा सजिए’ त भनेनन् ?