बित्थामा कांग्रेसी आरोप
चुनावताका कांग्रेसले बोलेको थियो– ‘कम्युनिस्टको सरकार अधिनायकवादी हुन्छ । त्यस्तो शासनमा रुन पनि पाइँदैन ।’ तर, प्रधानमन्त्री केपी ओलीले कांग्रेसको आरोपलाई लोप्पा मात्र खुवाएनन्, रसातालमै डुबाउने भए ।

चुनावताका कांग्रेसले बोलेको थियो– ‘कम्युनिस्टको सरकार अधिनायकवादी हुन्छ । त्यस्तो शासनमा रुन पनि पाइँदैन ।’ तर, प्रधानमन्त्री केपी ओलीले कांग्रेसको आरोपलाई लोप्पा मात्र खुवाएनन्, रसातालमै डुबाउने भए । ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा प्रस्तोताले सोधेछन्– ‘कति गाह्रो गरेर बाँचेका छन् हगि नेपाली ?’ त्यसपछि प्रधानमन्त्रीको गला अवरुद्ध भो । खोकी सुरु भो ।
र, चस्मा झिकेर रुमालले आँसु पुछे ।
दु:खमा हँसाउने जुक्ति उनलाई थाहा छ । हाँस्दाहाँस्दै विपक्षीसमेत पगाल्ने आइडिया पनि उनैसँग छ । हामी सबैलाई गाह्रो पर्ने भो । भर्खरै आशुकविको अवतारमा देखिएका प्रम आँसुस्रष्टा पनि भइसके । अब नेकपाका वफादार कार्यकर्ता रोलान् । अरुको आँसु देख्न नसक्ने कोमल मन रसाउला । साउने भेलमा वामपन्थी आँसु मिसिएपछि हालत के होला ? अनि, अब कांग्रेसको आरोप के होला बरिलै ?