मेगा सेल
सुन्धारास्थित सिभिल मलले मेला सेल अफर ल्याएको छ । मलको पार्किङ लटबाहिरै २२ स्टल राखेको छ । १० माघदेखि ३ फागुनसम्म चल्ने मेलामा स्वेटर, ज्याकेट, मेकअपका सामान, गगल्स, जुत्ता, ब्याग सबै सेलमा राखिएको छ ।

एकै ठाउँमा ब्रान्डेड सामान सस्तोमा पाए कस्तो होला ? सुन्धारास्थित सिभिल मलले मेला सेल अफर ल्याएको छ । मलको पार्किङ लटबाहिरै २२ स्टल राखेको छ । १० माघदेखि ३ फागुनसम्म चल्ने मेलामा स्वेटर, ज्याकेट, मेकअपका सामान, गगल्स, जुत्ता, ब्याग सबै सेलमा राखिएको छ ।
६० प्रतिशतसम्म डिस्काउन्ट दिइएका सामान सबै सिभिल मलभित्रकै हुन् । मलको पाँचाैँ तलामा रहेको द स्पार्कल इन्टरप्राइजेजका प्रोप्राइटर रविनले पहिलो पटक मलले मेगासेल गरेको बताए । भन्छन्, “सहरमा यति धेरै मल छन् । तर सिभिल मलको विशेषता के हो ? यहाँ कस्ता ब्रान्डेड सामान पाइन्छन् ? तिनका बारे जानकारी दिन मेगा सेल राखेका हौँ ।”
द स्पार्कलले लेडिज पर्स तथा ब्याग सेलमा राखेको छ । ४ हजार २ सयदेखि २ हजार ५ सयसम्म पर्ने ब्रान्डेड ब्याग ६० प्रतिशत छूट सेलमा पाइन्छ । हरेक मौसमका लागि चाहिने सामान फरक–फरक हुन्छन् । तसर्थ जाडोको महिना सकिनै लाग्दा स्टक क्लियरेन्स गरिन्छ ।
मलमै रहेको तिरुपति पपुलर च्वाइसका स्टाफ राजेन्द्र थापा भन्छन्, “हामीले स्टक क्लियरेन्स गर्न राखेका हौँ । उनको स्टलमा पुरुषले लगाउने जाडोका लुगा पाइन्छन् । यहाँ १ हजारदेखि ५ हजारसम्मका सामान किन्न सकिन्छ ।