शैली
१ फाल्गुन २०७६ बिहीबार
रातो भाले क्वाँयाँ क्वाँयाँ...
बबरमहलमा रहेको रातो भाले सहरमा जमघट गर्न उपयुक्त थलो पनि हो । बर्थडे, पार्टी मनाउन, साथीसँग जमघट गर्न रातो भाले प्रसिद्ध छ ।

रातो भाले क्वाँयाँ क्वाँयाँ... । कतिपय रेस्टुराँका नामै काफी हुन्छन्, यो गीतजस्तै । जस्तो, रातो भाले । नामअनुसारकै खाना छ, रातो भालेमा । चिकेनका भेराईटी परिकारदेखि कन्टिनेन्टल फुड पाइन्छ, यहाँ । बबरमहलमा रहेको रातो भाले सहरमा जमघट गर्न उपयुक्त थलो पनि हो । बर्थडे, पार्टी मनाउन, साथीसँग जमघट गर्न रातो भाले प्रसिद्ध छ । शान्त वातावरणमा विशिष्ट स्वादका परिकार पाएपछि के चाहियो ?