वाह बीपी, धन्य बीपी र कठै बीपी
पुस्तकको केन्द्रमा छ, पहिलो आमनिर्वाचन र त्यसबाट बनेको संसद् तथा सरकार ।
हामी जेलाई इतिहास ठान्छौँ, खासमा त्यो राजनीतिक इतिहास हो । इतिहास त हरेक विधा र व्यक्तिको मात्र होइन, निर्जीवको पनि हुन्छ । तर, ‘इतिहास’ विधा राजनीति अर्थात् राज्य र सरकारको बेसी परिक्रमा गर्छ । जगत नेपालकृत पहिलो संसद् : बीपी–महेन्द्र टकरावलाई ‘राजनीतिक’ नजोडीकन इतिहास मात्रै भन्ने कारण पनि यही हो ।
पुस्तकको केन्द्रमा छ, पहिलो आमनिर्वाचन र त्यसबाट बनेको संसद् तथा सरकार । निर्वाचन वरपरको तातो राजनीतिक दाउपेचदेखि भारत र दरबारको लोकतन्त्रविरोधी अझ भनाँै बीपी कोइरालाविरोधी षड्यन्त्रसम्मका तानाबानाको सन्दर्भ बिस् कुनझैँ फिँजाइएको छ । पहिलो संसद्मा उठेका छलफलको फेहरिस् त प्रस् तुत गरिनु पुस् तकको शक्ति हो । बीपी सरकारले संसद्लाई कति महत्त्व दिएको थियो र त्यहाँ कतिसम्म मसिना विषयबारे पारदर्शी किसिमले छलफल हुन्थ्यो भन्ने जान्न यो पुस् तक पढ्नैपर्छ । लगभग ५० वर्षपछि पनि हाम्रो देशमा संसदीय अभ्यास किन परिणाममुखी ढंगले बस् न सकेन, सवाल सोचनीय छ ।
स् वदेशमै वृत्तचित्र निर्माणदेखि भ्रमणमा पाएका कोसेली व्यक्तिगत कि सरकारी भन्नेसम्मका ‘झिनामसिना’ विषयमा संसद्मा भएको बहस रोचक छ, पुस् तकमा । आख्यानका संवादजस् ता लाग्ने संसदीय संवादको नमुना हेरौँ :
बेनीबहादुर कार्की : मंगलबजारको पिचमा किन अलि बढी दूबो उम्रियो ?
मन्त्री गणेशमान सिंह : गाडी प्रशस् त चले दूबो उम्रिँदैन ।
अच्युतराज रेग्मी : पिच बाटोको ठाउँ ठाउँमा प्वाल किन पारेको होला ?
मन्त्री गणेशमान सिंह : अतिथिको स् वागतका लागि गेट बनाउन प्वाल पारेको होला नि !
लेखकले संसद्मा भएका यस्ता थुप्रै प्रसंग उतारेका छन् तर धेरै ठाउँमा टिप्पणी र सन्दर्भबिना विवरण मात्रै उतार्दा पुस् तक सूचना–सँगालो मात्र बन्न पुगेको छ । उदाहरणका लागि, ‘क्रान्तिमा कति लुटियो’, ‘राणाले छोडेको सम्पत्ति’जस् ता खण्डमा लेखकले साभारबाहेक केही थपथाप र बोलचाल गरेका छैनन् । ‘बदनाम गर्न छापाको नाटक’ खण्डमा ग्रीष्मबहादुर देवकोटाका पंक्तिलाई उद्धरण गरिएको छ, न त अरू कसैको कुरा छ, न लेखककै । पत्रकारको काम सूचना बटुल्नु र प्रस् तुत गर्नु मात्र भए पनि पुस् तक नै लेखिसकेपछि ‘पाठक आफैँ विश्लेषण गरोस्’ भनेर उसै छोड्नुभन्दा लेखकीय टिप्पणी र विश्लेषण अपेक्षित हुन्छ ।
बीपीको विश्वासपात्र भइखाएका तुलसी गिरी, विश्वबन्धु थापाहरूको दोहोरो चरित्र र विश्वासघात । सुवर्णको भलाद्मीपन र तटस् थ व्यक्तित्व अनि आफ्नै १२ हजार बिघाको बिर्ता उन्मूलन प्रस् ताव । भाइलाई छेक्ने र छिक्र्याउने मातृकाको भ्रातृत्व । बीपीको बौद्धिक–समाजवादी अन्तर्राष्ट्रिय उचाइ र लोकप्रियता देखेर आत्तिएका राजा महेन्द्र र जवाहरलाल नेहरुको षड्यन्त्र । कांग्रेसले धेरै सिट नजित्ने आकलन र अझ कांग्रेस हराउन दरबारबाट उठाइएका कठपुतलीहरूको ल्याङल्याङ । चीनसँग सगरमाथा विवादको कूटनीतिक सल्ट्याइ । मुस् ताङ घटनाबारे चिनियाँ समकक्षीसँग चिट्ठी आदानप्रदान । यस् ता थुप्रै सन्दर्भ विश्वसनीय र प्रामाणिक ढंगले पस्किइएको छ पुस्तकमा ।
दाइ मातृका, राजा महेन्द्र, भारतीय समकक्षी नेहरु अनि आफ्नै दायाँ–बायाँ हात गिरी र थापाले दिनुसम्म दु:ख दिए बीपीलाई । कैयौँ बाधा र व्यवधानको सामना गर्दै बीपी सरकारले चालेका प्रगतिशील कदम आजपर्यन्त स् मरणीय र स् तुत्य छन् । नेपालमा कतिपटक कम्युनिस् टहरूको सरकार बने तर तिनले सुकमबासी, भूमिसुधारको गफ मात्रै गरे । कम्युनिस् टहरू नै आफ्नो सुविधा थप्ने रस् साक सीमा छन् तर बीपीले आफू र मन्त्रीहरूको तलब घटाए, टंकप्रसाद र केआई सिंहको पालामा १८ हजार हुने मासिक खर्च बीपीले साढे पाँच हजारमा झारे । दरबार र भारतको पनि विमतिका बाबजुद बीपी सरकारले छोटै समयमा चालेका कदम कुनै क्रान्तिकारी खासमा भन्दा छद्मकम्युनिस् ट सरकारभन्दा कम छैनन् ।
निर्वाचित कार्यपालिका मात्र होइन, एक कदम अघि बढेर निर्वाचित व्यवस् थापिका समेत निलिदिने राजा महेन्द्रको निरंकुश र तानाशाही कदमले लोकतन्त्र र प्रतिनिधित्व प्रणाली धेरै कदम पछि धकेलियो । यो कुरा कसैलाई साह्रै अतीतमुखी र ज्योतिषीमुखी लाग्न सक्छ तर बीपीले केही वर्ष शासन चलाउन पाएका भए देशमा निर्धा र निमुखाको मुक्तिका लागि भनेर गरिब राजनीतिको यो विधि खेती फस् टाउन पक्कै पाउने थिएन । पहिलो बजेट प्रस् तुत गर्दा सुवर्णले पनि ‘गरिबी निवारण’ भने, करिब सात दशकपछि पनि विष्णु पौडेलले यही भन्दैछन् । गरिबी घटेको भनिए पनि गरिबको संख्या भने बढेकै छ ।
सबैखाले पुस् तक त्रुटिरहित हुनैपर्छ तर इतिहासको आत्मा तथ्य नै भएको हुँदा ऐतिहासिक पुस् तकमा हुने तथ्यगत त्रुटिले किताबलाई आख्यानजस् तो बनाइदिन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा १९६५ सालमा जन्मेका होइनन् । दरबार हाइस् कुल विसं १९११ खोलिएको भनिएको छ तर यो गलत हो । रत्नराज्य कलेजमा पढाउने शिक्षककै किताबमा महेन्द्रकी श्रीमतीको नाउँ दुई–दुई ठाउँमा ‘रत्ना’ भइदिनु अनौठो छ ।
पृष्ठ २४ मा केआई सिंहको उद्धरण छ तर सन्दर्भमा मंगलादेवी सिंह छ, केआई सिंह कतै छैन । बिर्ता प्रसंगमा दुई ठाउँ उल्लेख भएको आचार्य पुस् तक सन्दर्भ सामग्रीमा भेटिँदैन । सन्दर्भ सामग्रीमा रामकुमार दाहालको शोधशीर्षक पनि छैन । सन्दर्भ सामग्रीमा प्राडाजस् ता उपाधिहरू शोधका एमएलए, एपीए कुनै सिस् टममा राखिँदैन, यहाँ पनि नराखेकै भए हुन्थ्यो । उही अनुच्छेदमा बलबहादुर राईहरूलाई तिमी र सूर्यबहादुर थापालाई तपाईं भनिएको चाहिँ किन होला ?
पुस्तकमा भाषागत समस्या पनि थुप्रै छन् । पाण्डुललिपि, चुनुवा, जनाकारी, साक्षारता, बाहुल्यता, समना, पुष्पकलाल, जाथाभावी, सांसाद, समाजावाद, प्रधामनन्त्री, ‘बीपी पुन ८ वर्ष’ सरसर्ती पढ्दा देखिइहालेका केही उदाहरण हुन्् । लेखकले बीपी–महेन्द्र टकराव व्यक्तित्वको हो, सिद्धान्तको होइन (पृष्ठ १७५) भनेका छन् तर सिद्धान्त भनेको जीवन र व्यवहारभन्दा निक्कै दूरको बेग्लै टापु होइन, विश्वास र आस् थाकै रूप–उपज हो । लोकतन्त्र र निरंकुशतन्त्रजस् ता दुई बेग्लै सिद्धान्तमा विश्वास टकरावको मूल कारण हो, व्यक्तित्व टकराव त सहायक फल मात्र हो ।
महेन्द्रले बीपीको सधैंँ तारिफ गर्थे, मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री त बीपीजस् तो हुनुपर्छ भने, सम्मानभाव थियो बीपीप्रति भनेर कीर्तिनिधि विष्टका कुरा लेखकले बिनाटिप्पणी समर्थन जनाएको बुझिन्छ । व्यवहारले सताउनु सताएपछि ओठे सम्मानभावको केही अर्थ छ ?
पुस्तकमा ६ साउन ०३९ को संस् मरण छ– गणेशराज शर्माको । झन्डै रुन लागेको आकृति र स् वभावमा बीपीले ‘अब सबै इन्डियाले गर्छ’ भनेका छन् । यति भनेपछि बीपीको टाउको सिरानको अर्काेतिर ढल्यो । बीपी केही शब्द बोल्छन् कि भनी शर्मा एकछिन पर्खन्छन् तर अर्काे शब्द सुन्न पाउँदैनन् । हिन्दु समाजमा मान्छे मर्ने बेला ‘अन्तिम इच्छा’ व्यक्त गर्छ रे † तर, बीपीले अन्तिम हार अर्थात् अकाट्य भविष्यवाणी बोलेका रहेछन्, ‘अब सबै इन्डियाले गर्छ ।’
यो पुस् तक लोकतन्त्र र निरंकुशतन्त्रको टकराव जान्न पठनीय स्रोत सामग्री हो । सिंहदरबारको गोप्य पुस् तकालयमै धुलिएका र लुकेछिपेका थुुप्रै प्रसंग बाहिर ल्याएर लेखक नेपालले संवाद र बहसको आह्वान गरेका छन् । धेरै पत्रकार काल्पनिक आख्यानतिर लहसिएका बेला आफ्नो बिटमा थप अध्ययन र अनुसन्धान गरी पुस् तक तयार पार्नु बधाईलायक काम हो ।
अन्तिममा, पाल्पाबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सांसद कमलराज रेग्मीले भनेको रोचक कुरा पढेर बिट मारौँ । उनी भन्छन्, ‘त्यतिबेला कम्युनिस् ट भनेकै शोषित, पीडित गरिब भन्ने बुझिन्थ्यो ।’ लेखकले यसउपर कुनै टिप्पणी गरेका छैनन् । सायद अहिले कम्युनिस्ट भन्नाले शोषित, पीडित, गरिब नबुझिने सत्य नै हो क्यारे !
पहिलो संसद् : बीपी–महेन्द्र टकराव
लेखक : जगत नेपाल
प्रकाशक : सांग्रिला पुस् तक प्रालि
पृष्ठ : ३०४
मूल्य : ३९५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...