दृष्टिविहीन सन्देशवाहक
उनी दृष्टिविहीन छन्। तर, गीत रच्न र रैथाने मुगेली भाषामा प्रस्तुत गर्न कसैले जित्दैन। गमगढीमा उनको न घरबास छ, न त भरपर्दो आयस्रोत नै।

र
जहाँसम्म जिन्दगी होला, त्यहाँसम्म दुःखै छ।
उनी दृष्टिविहीन छन्। तर, गीत रच्न र रैथाने मुगेली भाषामा प्रस्तुत गर्न कसैले जित्दैन। गमगढीमा उनको न घरबास छ, न त भरपर्दो आयस्रोत नै। तैपनि, उनी सम्मानपूर्वक बाँचेका छन्। त्यही प्रतिभाको बलमा मुगेलीले मात्र होइन, सिंगो कर्णालीले चिन्छ, कल्से नेपाली, ४६, लाई।
मुगुका रेडियोमा कल्सेका गीत बज्छन्। शिक्षा, स्वास्थ्य, कृषि र सरसफाइका सन्देशमूलक विज्ञापनमा पनि उनी छाएका छन्। उनको स्वरमा रेकर्ड भएका सन्देशहरू स्थानीयले चाख दिएर सुन्छन्। त्यसैले उनलाई यहाँ चर्चित सेलिबि्रटीका रूपमा चिनिन्छ। "सन्देशमूलक सूचनामा स्वर दिएर त बाँचेको छु," उनी भन्छन्, "सबैभन्दा ठूलो खुसी म सबैको हुन पाएको छु।"
कल्से एउटा पार्टीमा आस्था राख्छन्। तर, यहाँका सबै पार्टीले उनलाई सम्भिmन्छन्। आफ्ना कार्यक्रममा बोलाएर मुगुको दुःखका गीत गाउन लगाउँछन्। केही महिनाअघि नेपाल शिक्षक संघको क्षेत्रीय भेलामा उनले बीपी कोइरालाको समाजवादबारे गीत रचे र गाए। सहभागीहरू यति प्रभावित भए कि केही बेरमा हजारौँ सहयोग उठ्यो।
उनी मुगुका स्रष्टा मानिन्छन्। राजनीतिक दलहरूको निर्णयमा जिल्ला विकास समितिले कल्सेलाई मासिक १ हजार ५ सय रुपियाँ स्रष्टा भत्ता उपलब्ध गराउँदै आएको छ। पूर्ण अपांगता भत्ता एक हजार रुपियाँ, विभिन्न संघसंस्थाको सहयोग, रेडियो र अरू कार्यक्रमबाट हुने कमाइले उनको घरखर्च चलेको छ।
दुई वर्षका हुँदा कल्सेले बुबा गुमाए। केही महिनापछि आँखाको दृष्टि पनि गुम्यो। मुगु खत्याड भेगस्थित श्रीकोटको गरबि र दलित परविारले उनको तत्काल उपचार गर्न सकेन। उल्टै, धामीझाँक्रीको पछि लाग्यो। केही गरे पनि दृष्टि नफर्किएपछि उनकी आमाले आश मारनि्। र, सँगै मेलापातमा लैजान थालिन्। "त्यही दुःखले गीत गाउन सिकायो," उनी भन्छन्। १८ वर्ष नपुग्दासम्म कल्से मागेर हिँडे। त्यसपछि गीत गाउन सिकेका उनले सुरुमा मायाप्रेमका भाकामा गाए। अहिले भने गीतबाट गरबिी र दुःखका व्यथा पोख्छन्।
त्यसो त उनी दुई दशकअघि नै चर्चामा थिए। ०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पहलमा दृष्टिविहीनहरूका लागि पोखरामा आँखा शिविर भइरहेको थियो। कल्सेलाई पनि बाजुराको कोल्टी विमानस्थल हुँदै त्यहाँ लगियो। तर, आँखा जाँचपछि थाहा भयो, दृष्टि फर्काउन सम्भव छैन। पूर्वप्रधानमन्त्री अधिकारीले 'विदेशमा पनि कोसिस गरौँला' भनेर आश्वासन दिएको उनी सम्झन्छन्। भन्छन्, "ती असल प्रधानमन्त्री थिए। जसले मुगुका गरबि र दलित दृष्टिविहीनका लागि त्यति भए पनि भने। त्यो नै जीवनमा उत्साहको आधार भयो।" त्यसपछि उनले कहिल्यै आँखा जँचाएनन्।
कल्सेको देउडा दोहोरीको प्रभाव कतिसम्म छ भने दुई वर्षअघि उनले गीत गाएरै आफूभन्दा झन्डै २० वर्ष कान्छी जौकलालाई भगाए। जुम्ला सिजागाउँस्थित भाइको ससुराली पुगेका उनले रातभर देउडा गाएर उनको मन जितेका थिए। जौकला अहिले आठ महिनाकी गर्भवती छिन्। भन्छिन्, "सुरुमा त आँखा देख्ने भएर पनि नदेख्ने रोज्ने भनेर रसि पनि उठ्यो, चित्त पनि दुख्यो। तर, अहिले खुसी छु।"