चितुवा चिन्तक
ज्या क किनरोस, ५३, खासमा न्युजिल्यान्डका वन्यजन्तु संरक्षणकर्मी हुन्। तर, अहिले उनी पोखरा, पुम्दीभुम्दीको रानीवनमा राखेर हुकाईएको चितुवाको सेवामा खटिएका छन्।
बस्तीदेखि झन्डै दुई घन्टाको दूरीमा रहेको अनकन्टार वनमा अहिले चितुवासँगै बसेर हेरचाहमा खटिएका किनरोसले यहाँ चितुवाकै लागि आकर्षक घर बनाएका छन्। पोखराबाट हेलिकप्टर चार्टर गरेर चितुवालाई घान्द्रुक लगेका रहेछन् उनले। अहिलेसम्म चितुवाका लागि पाँच लाख रुपियाँभन्दा बढी खर्च गरसिकेका छन्। चितुवालाई खुवाउने र बाँच्ने कला सिकाउन उनले बस्तीबाट टाढा एकलास वनमा बस्नुपरेको बताउँछन्।
चितुवाको बच्चाले यिनकै सहाराले नयाँ जीवन पाएको छ। वन कार्यालयमा छुट्टै बजेटको व्यवस्था नहुने हुनाले घाइते अर्थात् अलपत्र भेटिएका वन्यजन्तु संरक्षणको अभावमा मर्दै आएका छन्। तर, किनरोसकै सहयोगले यो चितुवाले हुर्किने मौका पाएको छ। बिहान उठेदेखि बेलुकासम्म उनलाई चितुवाबाहेक अरूको चिन्ता छैन। आशै आशमा बाँचेको यो चितुवाको बच्चाको नामसमेत आशा राखिएको छ।
वाइल्ड टाइगर रसिर्च कन्जरभेसन एन्ड डेभलपमेन्ट, अस्टे्रलियाका संयोजकसमेत रहेका उनी ११ वर्षदेखि वन्यजन्तुको संरक्षणमा लागिरहेका छन्। एसिया, युरोपलगायत क्षेत्रमा उनले वन्यजन्तुको अध्ययन अनुसन्धान गर्दै आएका छन्। खास गरी बाघ प्रजातिका वन्यजन्तुको अनुसन्धानमा लागेका किनरोस नेपालमा पनि विभिन्न भागमा पुगिसकेका छन्। चितुवालाई बाँच्ने कला सिकाउन पन्च हान्ने, सिकार खेल्ने, झाडीमा लुक्ने, रूखमा चढ्नेलगायत तालिम दिइरहेका उनी भन्छन्, "यो चितुवालाई वनमा छाडिदिने हो आफ्नो सिकार आफैँ गर्न सक्छ।" वषौर्ं किन नलागोस्, उनी यो चितुवालाई जंगलप्रेमी बनाएरै छाड्न प्रतिबद्ध देखिन्छन्।
किनरोसले पछिल्लोपटक पोखरामा घाइते र अलपत्र वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तु पुनःस्थापना केन्द्र आवश्यक भएको ठहर गरेका हुन्। यसैका लागि उनले रानीवन क्षेत्रमा पुनःस्थापना केन्द्रका लागि पहलसमेत गररिहेका छन्।
पोखराको मियापाटनको मानव बस्तीनजिकै भेटिएको यो चितुवालाई सुरुमा सहायक वन अधिकृत माधवप्रसाद बराललगायत वन कार्यालयका कर्मचारीले हुर्काए। भेटिएको एक महिना त जेनतेन खल्तीको पैसा हाले। त्यसपछि नसक्ने अवस्थामा पुगेपछि किनरोस नै त्यसको अभिभावक बनेर आए। "चितुवालाई वनको बीचमा घरै बनाएर बाँच्ने कला सिकाउनु एउटा नयाँ प्रयोग पनि हो," अग्रज संरक्षणकर्मी हुमबहादुर गुरुङ भन्छन्, "एक विदेशीले वन्यजन्तु संरक्षणमा देखाएको यो चासो सबै संरक्षणकर्मीका लागि प्रेरणाको विषय हो।"
सम्बन्धित
ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिक...
ब्ल्याक ब्युटी
थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । ...
प्ल्याटर @ क्रन्ची कर्नर
काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । ...
दिल्ली फुड वाकको मेनु
खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । ...
निशाको पुरानै शैली
आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हा...
आनन्दित पूजन
सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा क...