[तस्विर कथा] जालमा जिन्दगी
जन्मेदेखि किताबकापीको अनुहार नदेखेका गुलाफी मुखिया, ४३, को ज्ञान र सीप भन्नु अहिले उही बाबुबाजेले सिकाएको जाल र हन्डी भएको छ ।
![[तस्विर कथा] जालमा जिन्दगी [तस्विर कथा] जालमा जिन्दगी](http://nepal-assets-api.ekantipur.com/thumb.php?src=http://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2016/miscellaneous/08012016025257ps8.jpg&w=900&height=601)
पश्चिम कुुशाहा, सुनसरीमा बिहान–बेलुकी जाडो भए पनि दिउँसो भने न्यानो हुन्छ । गुलाफी मुखिया, ४३, को माछा मार्ने थलो पनि यहीँ हो । पश्चिम कुुशाहा–४, सुनसरीका उनको गुजारा कोसी नदीमा माछा मारेर चलेको छ ।
यही पुख्र्यौली पेसाबाट उनको आठ जनाको परिवार पालिएको छ । माछा मारेरै उनले दैनिक १ हजारदेखि १ हजार ५ सय रुपियाँसम्म कमाउँछन् । जन्मेदेखि किताबकापीको अनुहार नदेखेका उनको ज्ञान र सीप भन्नु अहिले उही बाबुबाजेले सिकाएको जाल र हन्डी भएको छ ।
पाँच वर्षयता गुलाफी कोसीटप्पु वन्यजन्तु आरक्षभित्रका तीन जिल्ला उदयपुर, सप्तरी र सुनसरीका माझी–मल्लाह सञ्जालका समूह अध्यक्ष छन् । हाल कोसी नदीमा माछा मारेर घर–गुजारा चलाउनेको संख्या तीन हजारभन्दा बढी छ । भन्छन्, “आफ्नो पेसाप्रति सधैँ इमानदार र मिहिनेती बन्ने हो भने असम्भव केही छैन ।”