अश्रुताल
अहिले त्यस ठाउँमा मनमोहक ताल बनेको छ । तालको बीचमा दुईवटा घर आधा डुबेका देखिन्छन् । यहाँ आइपुगेपछि यात्रुहरू केहीछिन रोकिएर फोटो खिच्ने गर्छन् अनि ताल हेरेर रमाउँछन् पनि । तर, पहिरोमा परेर आफन्त र घरबार गुमाएकाहरूका आँखा अझै ओभाएका छैनन् ।

सिन्धुपाल्चोकको मांखा जुरेमा १७ साउन ०७१ को रात भीषण पहिरो गयो । गडगडाएर बग्ने सुनकोसी नदी एक्कासि थुनियो । अँधेरी रातमा थुप्रै निदाएको निदायै भए । पहिरोमा परेर र नदी थुनेर बनेको तालमा डुबेर मर्नेको संख्या १ सय ५० नाघ्यो । चपेटामा परेका ७५ घरमध्ये केही पुरिए भने केही डुबे । सुनकोसी थुनिएपछि माथि बाह्रबिसेदेखि तल दोलालघाटसम्म भागाभाग भयो । महिनौँसम्म बाटो अवरुद्ध भयो । अहिले त्यस ठाउँमा मनमोहक ताल बनेको छ । तालको बीचमा दुईवटा घर आधा डुबेका देखिन्छन् । यहाँ आइपुगेपछि यात्रुहरू केहीछिन रोकिएर फोटो खिच्ने गर्छन् अनि ताल हेरेर रमाउँछन् पनि । तर, पहिरोमा परेर आफन्त र घरबार गुमाएकाहरूका आँखा अझै ओभाएका छैनन् ।
(शब्द/तस्बिर : रवि मानन्धर)