को होलान् यी ?
कसका हुन् त यी सलिक ? विभिन्न व्यक्तिका विभिन्न अड् कलबाजी छन् ।

तनहुँको देवघाटस्थित गलेश्वर आश्रमबाट घाट झर्दा बाटोमा अर्धकदका दुईवटा सालिकसँग जम्काभेट हुन्छ । कुनै कुशल मूर्तिकारले बडो मिहिनेतसाथ सिर्जेका यी सालिक अहिले जुँगा, नाक भत्काइएको बीभत्स अवस्थामा छन् ।
कसका हुन् त यी सलिक ? विभिन्न व्यक्तिका विभिन्न अड् कलबाजी छन् । कोही भीमसेन थापा र त्रिभुवन भन्छन् त कोही महेन्द्र र दामोदर पाँडे भएको लख काट्छन् । अनि कोही त्रिभुवन र दामोदर पाँडेको हो पनि भन्छन् । सालिक नियाल्दा मुख्तियार दामोदर पाँडे र राजा त्रिभुवनको हो भन्नेमा केही विश्वास गर्न सकिन्छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार ०२०/२२ सालतिर ‘पगला’ भनिने अघोरी बाबाले यी सालिक बनाउन लगाएका हुन् । दरबारसँग सीधा सम्पर्क भएका उनी दरबारले नै उपलब्ध गराएको वाकिटकी बोकेर हिँड्थे ।
यति मात्र होइन, राजाको सालिकसँग प्राय: रानीको सालिक निर्माण गरिने प्रचलन देखिन्छ । तर यहाँ भने राजाको दाहिनेतिर दामोदर पाँडेको सालिक देखिन्छ । देवघाट क्षेत्र विकास समितिलाई समेत जानकारी नभएको यस्तो बेमेलको सालिक निर्माणको रहस्य के हो त ? कसैलाई जानकारी छैन । व्यक्तिपिच्छेका अनुमान मात्रै छन्, प्रमाणित रुपमा कसैले केही भन्न सक्दैन । न त कुनै आधिकारिक दस्तावेज नै उपलब्ध छ ।
Follow Ravi Manandhar on Twitter: @ravimanandhar1