मल्टिमिडिया
८ भाद्र २०७४ बिहीबार
काठमाडौं
मौन जुम्ली
सुनको सम्भावना भए पनि विकासका दृष्टिले पिछडिएको कर्णाली क्षेत्र नुनकै अभाव झेलिरहेको छ ।

कर्णालीका विकट जिल्लामध्ये एक हो, जुम्ला । सुनको सम्भावना भए पनि विकासका दृष्टिले पिछडिएको कर्णाली क्षेत्र नुनकै अभाव झेलिरहेको छ । कर्णालीका अन्य जिल्लाजस्तै कुपोषण, खाद्यसंकट, अशिक्षा, गरिबी र विकटताजस्ता समस्याले जुम्लीहरु पनि सधैँ प्रताडित भइरहे ।
गत वर्ष जुम्ला भ्रमणमा यही नियति नजिकबाट नियालेँ, जहाँ गढीगाउँका तेजबहादुर बुढाका एकै घरका बुहारीहरु झन्डै वर्षौटेजस्ता देखिने आफ्ना काखेबच्चा च्यापेर जीवनको संघर्षमय मौनता साँधिरहेका थिए ।