स्वदेश फर्केको केटो
गत साउन अन्तिममा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका आधा दर्जनभन्दा बढी गैँडा बगायो । गैँडा बगेर भारत पुगे । अहिलेसम्म भारतबाट ६ वटा गैँडाको उद्दार गरिएको छ ।

गत साउन अन्तिममा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जका आधा दर्जनभन्दा बढी गैँडा बगायो । गैँडा बगेर भारत पुगे । अहिलेसम्म भारतबाट ६ वटा गैँडाको उद्दार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाको टोलीले हालै दुई महिनाका गैँडाको बच्चा उद्दार गरेर नेपाल फिर्ता ल्याएको छ ।
गैँडाका बच्चालाई केटो भनिन्छ । दुईमहिने केटोलाई अहिले जुनियर वन्यजन्तु प्राविधिकको रेखदेखमा राखिएको छ । नवलपरासीको त्रिवेणीस्थित दुई नहरबीचबाट उद्दार गरिएको केटो आक्रामक छ । आक्रमण गर्ने भएकाले केटोको नजिक जान खतरापूर्ण छ । अहिले सुसारेहरु यसलाई मानवमैत्री बनाउनतिर लागेका छन् । केटोलाई दिनमा पाँचपटकसम्म आहारा खुवाइन्छ । सुरुमा यसलाई टाढैबाट फलफूल, मकैका च्याँख्ला, दूध खुवाउने गरिएको थियो भने अहिले लामो बाँसमा सेतो कपडा बाँधेर दूध भिजाउँदै खुवाउन थालिएको छ ।