मल्टिमिडिया
२९ कार्तिक २०७४ बुधबार
काठमाडौं
किसान कर्म
जनकपुर उपमहानगरपालिका–२३, बिन्धीका एक किसान भने भैँसी चढेर आफ्नो खेततर्फ लागिरहेका छन् ।

गणतन्त्र स्थापनापछि पहिलोपटक मुलुकमा संघीय संरचनाको निर्वाचन हुन गइरहेको छ, आउँदो १० र २१ मंसिरमा । राजनीतिक दलका उम्मेदवारहरु गाउँ–सहर सबैतिर तामझामसहित प्रचारप्रसारमा छन् । साइकल, मोटरसाइकल, गाडीमा कार्यकर्ताको ताँतीसहित नेताहरु जनताको घरदैलोमा पुगिरहेका छन्, मुलुकभर ।
जनकपुर उपमहानगरपालिका–२३, बिन्धीका एक किसान भने भैँसी चढेर आफ्नो खेततर्फ लागिरहेका छन् । हरेक चुनावमा दलहरुले कृषि–क्रान्ति गरेर देशको आर्थिक समृद्धि उकास्ने आश्वासन बाँडिरहे पनि कृषिकर्ममै यसरी अहोरात्र खटेर जीवन समृद्ध बनाउने सपना देखेका यी किसानको हैसियत भने उस्तै छ ।