मल्टिमिडिया
३ माघ २०७४ बुधबार
काठमाडौं
पहिले माम बल्ल काम
गाउँले मनसाय बुझेका प्राय: संघसंस्थाले विकास–निर्माण आरम्भ गर्नुअघि भोजभतेर लगाउँछन् ।

चितवनका विकट बस्तीमा पछिल्ला केही वर्षयता विभिन्न संघसंस्थाको ध्यान तानिँदै गएको छ । विद्यालय–निर्माण, खानेपानी सञ्चालन, आयआर्जनमुखी सीप विकास आदि उद्देश्यसहित व्यक्ति तथा संघसंस्था गाउँ पस्ने गरेका छन् । नयाँ अनुहार गाउँमा देखा पर्दा गाउँलेले अपेक्षा गर्छन्, पेटभरि खाना र न्यानो लुगा ।
गाउँले मनसाय बुझेका प्राय: संघसंस्थाले विकास–निर्माण आरम्भ गर्नुअघि भोजभतेर लगाउँछन् । भतेर खान गाउँभरिका मानिस एकै ठाउँमा भेला हुन्छन् । यो दृश्य इच्छाकामना गाउँपालिका–१ स्थित थाप्राङ गाउँको हो, जहाँ बालबालिका थाल थापेर खानाको पर्खाइमा छन् । भोकको आगो बोकेका गाउँले खाना खान तँछामछाड गर्छन् । भोक निभेपछि मात्र उनीहरु संस्थाका प्रतिनिधिको कुरा सुन्न तयार हुन्छन् ।