मल्टिमिडिया
१६ फाल्गुन २०७४ बुधबार
काठमाडौं
माछाप्रेमीलाई बल्छी
यसरी त्रिशूली सडक–खण्डमा बेचिने माछा भारतबाट आयातीत भएको स्थानीयहरु बताउँछन् ।

पृथ्वी राजमार्गमा यात्रा गर्दा एकाध किलोमिटरको अन्तरमा लोभलाग्दा माछा बेचिरहेको दृश्य देखिन्छ, सडक किनारामा । त्रिशूली नदीको ताजा माछा भनेर ग्राहकलाई बल्छी थाप्छन्, बिक्रेताहरु । वर्षायाममा त थोरै पत्यार लाग्छ । तर, सुक्खायाममा पनि एकैनासका धेरै माछा कसरी पाइन्छन्, त्यो भने शंकाकै विषय हो ।
सीधासादा मान्छे त्रिशूलीकै माछा ठानी महँगोमा किनेर राजधानी छिर्छन्, जुन माछा सहरमा नै अझ सस्तोमा पाइन्छ । यसरी त्रिशूली सडक–खण्डमा बेचिने माछा भारतबाट आयातीत भएको स्थानीयहरु बताउँछन् । भन्छन्, ‘खोलाका माछा कसरी उस्तै आकारका हुन्छन् र ? यी त पालिएका माछा हुन् ।’ यसैले होला, उनीहरु फोटो खिच्न खोज्दा मुन्टो बटार्दै भन्छन्, ‘अनुहारचाहिँ नआओस् है !’