मल्टिमिडिया
२६ वैशाख २०७५ बुधबार
काठमाडौं
चोरी सिकारी
एउटा नाउर सिकार गर्न १२ देखि १५ लाख रुपियाँसम्म खर्च गर्नुपर्छ । तर, पछिल्लो समय गैरकानुनी रुपमा सिकार खेल्नेको संख्या बढेको छ ।

शब्द/तस्बिर : आरके अदीप्त गिरी
दिनदहाडै खुल्लमखुला बन्दुक भिरेर चोरी सिकारी गर्न पुगेका देखिन्छन्, ढोरपाटन सिकार आरक्षका विभिन्न ब्लकमा । कानुनत: राष्ट्रिय निकुञ्ज आरक्षण विभागले टेन्डर आह्वान गरी लाइसेन्स दिएर मात्र यहाँ सिकारीलाई पठाउँछ । एउटा नाउर सिकार गर्न १२ देखि १५ लाख रुपियाँसम्म खर्च गर्नुपर्छ । तर, पछिल्लो समय गैरकानुनी रुपमा सिकार खेल्नेको संख्या बढेको छ ।
यो मुलुककै एक मात्र सिकार आरक्ष हो । यहाँ सोखिन सिकारदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्म हुन्छन् । तर, चोरी सिकारी नियन्त्रण गर्न नसकिए अन्तर्राष्ट्रिय ख्याति कमाएको यस आरक्षको अस्तित्व के होला ? यसतर्फ राज्यले बेलैमा ध्यान पुर्याउनु जरुरी छ ।