बिर्सिइएकी रश्मि
रश्मि राज्यलक्ष्मीको परिचय बालकृष्ण समकी छोरीका रुपमा मात्र सीमित छ । उनी आफैँ भने एक निर्भीक र प्रभावशाली महिला थिइन् । उनी महिलाले पनि साइकल चलाउन पाउनुपर्छ भन्दै आवाज उठाउँथिन् ।
रश्मि राज्यलक्ष्मीको परिचय बालकृष्ण समकी छोरीका रुपमा मात्र सीमित छ । उनी आफैँ भने एक निर्भीक र प्रभावशाली महिला थिइन् । उनी महिलाले पनि साइकल चलाउन पाउनुपर्छ भन्दै आवाज उठाउँथिन् । उनले आजीवन जे गरिन्, सहअस्तित्वको स्थापनाका लागि गरिन् । रेडियो नेपालको सहनिर्देशकका रुपमा पनि उनको सम्झना गरिन्छ । पञ्चायती व्यवस्थाविरुद्ध प्रदर्शन गर्न उनी अन्य महिलालाई सघाउने गर्थिन् ।
०१७ मा सैन्य आडमा बीपी कोइरालाको सरकार अपदस्थ गरेका राजा महेन्द्रको कदमविरुद्ध सुरु संघर्षमा रश्मिका पति जगतप्रकाशजंग शाहले ज्यान गुमाए । त्यसपछि रश्मि राजनीतिक शरणार्थीका रुपमा कोलकाता बस्न थालिन् । त्यही वर्ष तीजमा उनले दुलहीझैँ सजिएर आत्महत्या गरिन् । मर्नुभन्दा केही समयअघि उनले पतिका नाममा एक कविता लेखिन्, जुन धेरै वर्षपछि सार्वजनिक भएको छ ।
काठमाडौँ र पाटन दरबार स्क्वायरमा चलिरहेको ‘फोटो काठमान्डु’ प्रदर्शनी पितृसत्ता, पहिचान र लैंगिकतामा केन्द्रित छ । पाटन र वसन्तपुरका गल्ली–गल्लीमा प्रदर्शित अधिकांश फोटोमा क्रान्तिकारी, हक्की र निडर नेपाली महिलाका कथा समाविष्ट छन् । तीमध्ये एक हुन्, रश्मि राज्यलक्ष्मी । छेवैको फोटोमा हामी उनलाई राजा त्रिभुवन, युवराज महेन्द्र, नेता बीपी कोइरालासँगै बसिरहेको देख्न सक्छौँ ।
बायाँबाट : रश्मि राज्यलक्ष्मी, बीपी कोइराला, राजा त्रिभुवन, युवराज महेन्द्र
मृत्युशैय्यामा रश्मि
रातो
रश्मिको कविता पढ्दै एक पर्यटक
– रश्मि राज्यलक्ष्मी
मेरो स्वामी, एक दिन
तिमीले मलाई देख्यौ
मैले तिमीलाई देखेँ
अनि–
आफ्नो जीवन उदयको रातो घाम
तिमीले ममा थन्क्यायौ
मेरो सिउँदोमा सिन्दूरले
तिमीले आफ्नो जीवनको तस्बिर कोर्यौ
मेरो निदारको रातो टीकालाई
तिमीले आफ्नो जीवनको ऐना मान्यौ
मेरो रातो गालालाई
तिमीले आफ्नो सर्वस्व ठान्यौ
त्यो दिनदेखि म म भइनँ
तिम्रो रातो दुलही भएँ
हामीले हाम्रो जीवनलाई
रातो पोतेको डोरीले
एउटै बन्धनमा बाँध्यौँ
यसरी हामी एक भयौँ
त्यसपछि म रातोलाई प्रेम गर्न लागेँ
रातो ! रातो ! रातो मेरौ सौभाग्य भयो
अहिले तिम्रो र मेरो विछोडमा पनि
मैले रातै रगत ओकलेँ
त्यो रगतको रातो सौन्दर्यसमेत
मलाई सबभन्दा राम्रो लाग्यो
त्यो रगत तिमीले पठाएको साइपाटाको
मेरो अमर सौभाग्य सिन्दूर हो जस्तो लाग्यो
त्यसैले मैले त्यसको सञ्चय गरेँ
स्वागतसहित पालना गरेँ
अब सबै सपना सधैँका लागि
यो पहल बन्द हुने बेला भयो
यो संसारसित अन्तिम श्वासले
म रातो क्रान्ति माग्छु ।
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...