अलग भाषा
राजधानीमा फोटो प्रतियोगिता भइरहेकै हुन्छन् । तर यस पटक भने अलि भिन्न शीर्षकमा फोटो प्रतियोगिता आयोजना भयो । शीर्षक थियो, नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि । शीर्षक साधारण थिएन ।

राजधानीमा फोटो प्रतियोगिता भइरहेकै हुन्छन् । तर यस पटक भने अलि भिन्न शीर्षकमा फोटो प्रतियोगिता आयोजना भयो । शीर्षक थियो, नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि । शीर्षक साधारण थिएन । प्रतियोगितामा मुलुकभरबाट १ सय ८२ फोटोग्राफर तथा फोटो पत्रकारले फोटो पठाए । यसरी प्रतियोगितामा भिड्न आएका तस्बिरको संख्या थियो, ६ सय ३६ ।
प्रतियोगितामा वीरगन्जका पंकज श्रेष्ठले खिचेको 'फरक क्षमता' नामक तस्बिर पहिलो भयो । युनेस्को नेपाल र मानव स्रोत विकास केन्द्रको सहकार्यमा फोटो पत्रकार क्लबद्वारा आयोजित प्रतियोगितामा अटिजमका विद्यार्थीलाई शिक्षिकाले पढाउँदै गरेको उक्त तस्बिरले ७० हजार रुपैयाँ पायो ।
के छ त यो तस्बिरमा ? प्रतियोगिता निर्णायकमण्डलका सदस्य फोटो पत्रकार नरेन्द्र श्रेष्ठको शब्दमा अटिजम आफैामा फरक हो । अझ यस रोग लागेकालाई पढाउने शैली झनै फरक हुन्छ । पंकजले खिचेको तस्बिरमा तीन पक्ष महत्त्वपूर्ण छन् । पहिलो, विद्यार्थीलाई शिक्षा दिने क्रममा विद्यार्थी-शिक्षिकबीचको अनौठो न्यानो सामीप्य देखिन्छ । दोस्रो, फोटो खिच्ने क्रममा पछाडि भित्तामा अंग्रेजी अक्षरमा लेखिएको अटिजमलाई कुशलतापूर्वक तस्बिरको शीर्ष भागमा पारिएको छ । तेस्रो र मुख्य, प्रतियोगिताका लागि दिइएको शीर्षकसाग यो तस्बिर हुबहु मिल्छ ।
प्रतियोगितामा सुनिता डंगोलले खिचेको देवीका रूपमा पुजिने कुमारीलाई पढाउादै गरेको तस्बिरले दोस्रो स्थान सुरक्षित गर्यो भने अनिश रेग्मीको कक्षाकोठामा सांकेतिक भाषामा एकआपसमा कुरा गरिरहेका दुई विद्यार्थीको तस्बिरले तेस्रो स्थान ओगट्यो ।